
पोखरा। चितवनको सिमलधारामा गएको पहिरो हटाइए पछि पृथ्वी राजमार्ग दुवैतर्फी सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति अन्दाजी १०:२५ बजे इच्छाकामना गाउँपालिका-५ स्थित सिमलधारामा सडक माथिबाट रूखसहित सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।
रातभरको प्रयासपछि पहिरो पन्छाएर आइतबार बिहान ६:१५ बजेदेखि राजमार्ग दुईतर्फी रूपमा सुचारु गराइएको प्रहरीले जनाएको छ।
सडक खुलेसँगै नारायणगढ-काठमाडौँ खण्डमा रोकिएका सवारीसाधनहरू आफ्नो गन्तव्यतर्फ लागेका छन्।
कमेन्ट गर्नुहोस्
