
माधव पनेरु, पोखरा, २७ मंसिर-
देशमा चरम नाकाबन्दी भएपछि सबै क्षेत्रमा जस्तै सवारीसाधन चलाउन सिकाउने पेशा पनि धरापमा परेको छ ।
ईन्धनको अभाव भएपछि यो क्षेत्रमा रहेका करिब ७० वटा ड्राईभिङङ्ग स्कुलहरुको पेशा नै बन्द भएको छ । देशको आबस्यकता र ठुलो लगानी भएको क्षेत्र यसरी धरासायि भए पनि प्रसासनले बेवास्था गरेकोे ड्राईभिङ स्कुल संघ गण्डकीका अध्यक्ष तुल बहादुर ठकुरीले गुनासो गरे । ईन्धनको अभाव हुन थालेपछि व्यवसायीहरुको सवारीसाधन थन्काइएको छ, कति दिनमा केही मात्रामा तेल बाँड्ने गरेको भएपनि आफुहरुले पर्याप्त मात्रामा नपाउने भएकाले अड्कलेर लाईनमा बसेर लिएका ईन्धनले बिद्यार्थिहरुलाई सिकाउन नपुग्ने उनको भनाई छ । एक त सिकाउदा धेरै ईन्धन खर्च हुन्छ त्यहीमाथी ईन्धननै नपाएपछि आफुहरुको रोजिराटी नै खोसिएको उनले दुखेसो पोखे । आफुहरुको समस्याको बारेमा स्थानिय प्रसासनलाई ध्यानाकर्षण गरेको भएपनि केही बिकल्प नदिएको उनको ठकुरीले बताए । कत्तिपनि बेवास्था गर्नुको सट्टा व्यवसाय धान्ने केही मात्रामा भएपनि ईन्धन उपलब्ध गराएर जनतालाई सेवा दिने अबसर र आफुहरुको बालबच्चालाई पनि पाल्न सक्ने अबस्था बनाउने उनले आग्रह गरे । ड्राईभिङ स्कुलहरुमा विद्यार्थीले सवारीसाधन सिक्न आउने गरेपनि ईन्धन नभएका कारण सिकाउन सकिएको छैन । कि छिटो नाका खोल्ने बाताबरण बनाए हुन्थ्यो अन्यथा आफुहरु अब धेरै दिन धान्न नसक्ने ठकुरीको भनाई थियो ।
सवारीचालक अनुमति लिनेमा पनि कमि
ईन्धन अभाव भएपछि ङ«ाईभिङ स्कुलहरुमा संगै सवारीचालक अनुमतिपत्र लिने सेवाग्राहीहरुको पनि कमि भएको छ । सवारीचालक अनुमतिपत्र कार्यलय , पोखराले धेरै दिनको अन्तरालपछि लाईसन्स बितरणको लागि आबेदन खुला गरेपनि अरु समयको जस्तो सेवाग्राहीहरु आएनन् । यसअघि एक पटकमै हजारौ जनाले आवेदन दिने गर्दथे । सेवाग्राहीको भिड नियन्त्रण गर्न प्रहरी परिचालन गर्न पर्ने अबस्था हुन्थो , तर नाकाबन्दीपछि केही दि अघि मात्र खुला गरिएको आबेदनमा एकदम थोरै सेवाग्राहीले मात्र फाराम भरेका छन । सेवाग्राही कम आएपछि राजस्व संकलनमा समेत असर परेको सवारीचालक अनुमतिपत्र कार्यालय पोखराले जानकारी दिएको छ ।
