
पोखरा। पोखरा महानगरपालिका गैह्रापाटनस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयले शुक्रबार आधारभूत तह स्तरीय अन्तरसदनात्मक नेपाली हिज्जे प्रतियोगिता सम्पन्न गरेको छ। विद्यालयको वार्षिक कार्यतालिकाअनुसार आयोजना गरिएको उक्त कार्यक्रम आधारभूत तह इन्चार्ज सजनी माजु श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको थियो। विद्यार्थीहरूमा नेपाली भाषाको शुद्धता र अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी विद्यालयका शिक्षक सुरेन्द्र सदिच्छाले दिएका छन्।
प्रतिस्पर्धात्मक प्रतियोगितामा डाँफे सदन प्रथम हुन सफल भएको छ। प्रथम हुने टोलीमा कक्षा ८ (ग) का आमोश परियार, कक्षा ७ (ग) की प्रतिमा विष्ट, कक्षा ७ (ख) की स्वस्तिका खड्का र कक्षा ६ (क) का बिप्सन खनाल रहेका छन्। यसैगरी, यती सदनका कक्षा ८ (ग) का ग्रेसी गुरुङ र रेगन पुन, कक्षा ७ (ग) की रबिना महतरा तथा कक्षा ६ (क) का दिप्सन आचार्यको समूहले द्वितीय स्थान हासिल गरेको छ।
शिक्षकद्वय दिपक के.सी. र उमा पोख्रेल निर्णायक रहनुभएको उक्त कार्यक्रममा भुवन गुरुङ, मनिष पौडेल र समीक्षा अर्यालले प्राविधिक सहयोग पुर्याएका थिए। प्रतियोगिता विद्यालयका अतिरिक्त क्रियाकलाप इन्चार्ज दिपेन्द्र थापाको संयोजन र सक्रियतामा सम्पन्न भएको हो।
