बाढीपिडितका लागि जुट्यो एनआरएनए: ५ करोडको कोष, डाक्टरको टोली र विश्वभरका एनसीसी परिचालन

Share:

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि बिहीबारदेखि राहत वितरण गर्दै छ।

संघका अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा आज पहिलो चरणमा नुवाकोटमा प्रभावित ५ सय परिवारका लागि टेन्ट, खाद्यान्न, लत्ताकपडा, औषधिलगायतका राहत सामग्री वितरण गरिनेछ। स्थानीय तहसंग समन्वय गरेर संघले राहत वितरण गर्नेछ ।

यसअघि बुधबार बसेको संघको आकस्मिक बैठकले राहत तथा उद्धारका लागि ५ करोड रुपैयाँ सहयोग गर्ने र प्रभावित क्षेत्रमा चिकित्सकहरूको टोली पठाउने निर्णय गरेको थियो।

संघले विश्वभर रहेका आफ्ना राष्ट्रिय समन्वय परिषदहरूलाई उद्धार तथा राहत कार्यमा परिचालन गर्ने निर्णयसमेत गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: