काठमाडौं-मुग्लिन सडक सञ्चालनमा

Share:

काठमाडौं । काठमाडौंदेखि चितवनको मुग्लिङसम्मको सडकखण्ड पुनः सञ्चालनमा ल्याइएको छ । उक्त सडकखण्ड हाल पूर्ण रूपमा सुचारु रहेको नेपाल प्रहरीले जनाएको छ ।

तर, धादिङको बैरेनी बजारको एक किलोमिटर सडकखण्डमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले स्पष्ट पारेको छ ।

यही भदौ १० गते चीनको तिब्बततर्फबाट नेपाल प्रवेश गरेको बाढीका कारण उक्त सडकखण्ड अवरुद्ध भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: