
पोखरा । पोखरा विश्वविद्यालयको रिक्त रजिष्ट्रार पदमा प्रा.डा. निर्मला जम्मरकट्टेल नियुक्त भएकी छन् । प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २६(२) बमोजिम मंगलबार उनलाई उक्त पदमा नियुक्त गरेका हुन् ।
विश्वविद्यालयको स्कुल अफ हेल्थ एण्ड एलाईड साइन्सेजमा प्राध्यापनरत डा. जम्मरकट्टेलले ‘हर्बोलोजी’ विषयमा विद्यावारिधि गरेकी छन् ।
उनी लामो समयदेखि प्राकृतिक उत्पादन रसायनशास्त्र तथा ‘स्पेक्ट्रोस्कोपी’ विषय अध्यापनमा सक्रिय छिन् । यसअघि पोखरा विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायको डीन तथा परीक्षा नियन्त्रकजस्ता महत्वपूर्ण शैक्षिक एवम् प्रशासनिक जिम्मेवारी कुशलतापूर्वक सम्हालिसक्नुभएकी डा. जम्मरकट्टेलसँग विश्वविद्यालय प्रशासनको लामो अनुभव रहेको छ ।
