
मंसिर २८ / फरवार्ड अनिल गुरुङ नेपाली राष्ट्रिय टिमका मुख्य कप्तान भएका छन् । उनलाई मुख्य प्रशिक्षक प्याट्रिक ओसेम्सले सोमबार कप्तानको जिम्मेवारी सुम्पेका हुन् ।
‘उनी टिम लिडर हुन्,’ ओसेम्सले भने, ‘उनी उमेरका हिसाबले सबभन्दा सिनियर खेलाडी पनि हुन् । उनी प्लेइङ लिस्टमा छँदा कप्तान हुनेछन् । उनी नखेलेको समयमा विराज महर्जन वा रोहित चन्दले कप्तानको भूमिका निर्वाह गर्नेछन् । यी तीनै जना कप्तान हुन् ।’
नियमित कप्तान सागर थापा म्याच फिक्सिङमा संलग्न भएको पाइएपछि आजीवन प्रतिबन्धमा छन् । त्यसैले अनिलले राष्ट्रिय टिमको नयाँ कप्तान बन्ने अवसर पाएका हुन् । उनले ४३ क्याप जितेका छन् । विराजले ५० र रोहितले ३८ खेल खेलेका छन् । सागरले सन् २००९ देखि निरन्तर ‘आर्मब्यान्ड’ लगाएका थिए ।
यस्तै विंगर नवीन लामा र गोलकिपर अमृत चौधरी पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका छन् ।
अनिल गुरुङ प्लेइट सेटमा नभएको अवस्थामा विराज महर्जन वा रोहित चन्द कप्तान हुने प्रशिक्षक ओसेम्सले जानकारी दिए । कप्तान सागर थापा र उपकप्तान सन्दीप राई खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेपछि बाहिरिएका थिए ।
राष्ट्रिय लिग सकेलगत्तै अखिल नेपाल फुटबल संघ ९एन्फा० ले प्रारम्भिक चरणमा ४१ खेलाडी बोलाएको थियो । दोस्रो चणमा छनोट भएका २७ खेलाडीमध्ये भरत खवास, देवेन्द्र तामाङ र शिव श्रेष्ठ चोटका कारण टिमबाट हटे ।
साफअघि नेपाली टिमले पुस २ गते ढाकामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ । साफमा नेपाल आयोजक भारत र श्रीलंकासँगै समूह ‘ए’ मा रहेको छ । अर्को समूहमा डिफेन्डिङ च्याम्पियन अफगानिस्तान, माल्दिभ्स, बंगलादेश र भुटान छन् । नेपाल साफमा कहिल्यै सेमिफाइनलभन्दा माथि पुगेको छैन ।
नेपाली राष्ट्रिय टिम
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु र अमृत चौधरी
डिफेन्स : विराज महर्जन, रविन श्रेष्ठ, जितेन्ऽ कार्की, अनन्त तामाङ, रञ्जित धिमाल र आदित्य चौधरी
मिडफिल्डर : रोहित चन्द, जगजित श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, विशाल राई, योगेश गुरुङ र नवीन लामा
फरवार्ड : अनिल गुरुङ, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अञ्जन विष्ट ।
