१० औ बि टी कप सेभेन ए साइड फुटवलको तयारी पुरा

Share:

पोखरा २९ मंसिर, पोखरा १ बगर पुरानो टुडिखेलमा रहेको बुद्धटोल युवा क्लवले १० औ संस्करणको सेभेन ए साइड फुटवलको तयारी अन्तिम चरणमा पुगेको छ । पोखराको पुरानो टुडिखेलमा आयोजना हुने उक्त सेभेन ए साइड फुटवल आगामी पुष ४ देखि १० गते सम्म सञ्चालन हुने फुटवलको तयारी अन्तिम चरणमा पुगेको र हाल सम्म दुइदर्जन वढी क्लवहरुले टिम दर्ता गराएको आयोजकले जनाएको हो ।

प्रत्येक वर्ष सेभेन ए साइड फुटवलको बिकास र खेलकुदको माध्यामबाट भाइचारा सम्वन्ध सञ्चालन गर्ने उद्देश्यले सञ्चालन हुदै आएको सेभेन ए साइड फुटवल अन्तर्गत यस वर्ष १० औ संस्करणको फुटवल प्रतियोगितालाई सफल बनाउन प्रदिप राइ (दारसिङ दाई) को संयोजकत्वमा विभिन्न उपसमितिहरु बनाइ प्रतियोगितालाई सफल वनाउन आफुहरु लागी परेको क्लवका अध्यक्ष्ँ अरुण गुरुङले जानकारी दिए ।

करिब ५० टिम सहभागी हुने प्रतियोगितामा प्रथम हुने टिमलाई नगद एक लाख एक हजार एक सय एघार , सिल्ड, मेडल र प्रमाण पत्र र द्धितिय हुनेलाई पच्पन्न हजार पांच सय पच्पन्न, सिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने खेल संयोजक प्रदिप राइ (दारसिङ दाई)ले जानकारी दिए ।

प्रतियोगितामा क्वाटर फाइनल देखि प्रत्येक खेलमा म्यान अफ दि म्याच, खेल भरकै सर्बोत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्टर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट गोल किपरलाई विषेश पुरस्कारले सम्मान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा गोलनेपाल डटकम मिडिया पटनरमा रहेको आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: