कास्की आइडल-२ को दोस्रो एलिमिनेसन राउन्ड सम्पन्न: गायन र नृत्यतर्फ १५/१५ जना अर्को चरणमा प्रवेश

Share:

पोखरा । नयाँ प्रतिभाको खोजी, पहिचान र प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना भइरहेको ‘कास्की आइडल सिजन-२’ को दोस्रो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ। असोज १० गते पोखरामा सम्पन्न उक्त राउन्डबाट गायन र नृत्य दुवै विधातर्फ १५/१५ जना गरी कुल ३० जना प्रतियोगी आगामी चरणका लागि छनोट भएका छन्।

रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष, गीतकार प्रतिष्ठानका कोषाध्यक्ष तथा कास्की आइडल-२ का संयोजक आदर्श पोखरेलको सभापतित्वमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि लेखनाथ निर्माण व्यवसायी सङ्घका अध्यक्ष भीम नेपाली रहेका थिए।

त्यस्तै, युवा व्यवसायी विजय सुनार, युवा वैज्ञानिक डा. निरञ्जन कोइराला, ‘खोजी प्रतिभा’का विजेता ईश्वर थापा, खेलकुद क्षेत्रका सुरज अधिकारी (बज्र), मोडल नवीन ढुङ्गाना तथा लेखनाथ क्योकुसिन कान कराते डोजोका प्रशिक्षक विनोद नेगी लगायतका व्यक्तित्वहरूको विशेष आतिथ्यता रहेको थियो।

दोस्रो एलिमिनेसन राउन्डमा प्रतियोगीहरूले आ-आफ्नो विधामा उत्कृष्ट सांगीतिक तथा नृत्य प्रस्तुति दिएका थिए। प्रतियोगिताको निर्णायक मण्डलमा गायनतर्फ करण तामाङ र खेम लामा तथा नृत्यतर्फ उपेन्द्र गुरुङ र सुजित गुरुङ रहेका छन्।

मिलन विश्वकर्मा, प्रमेश गुरुङ, प्रताप रानाभाट, राजन सार्की, इडिभा खत्रीवडा, ओभिया गुरुङ, रहमान खान, बुद्धि तामाङ, सुमन भण्डारी, राज गुरुङ, अमृत गुरुङ, रोशनी विश्वकर्मा, मन्सा गुरुङ, एन्जल बी.क. र दिप्सन दर्जी।

विनायक कुमाल, सबिना तामाङ, विपसा सुनार, तृप्ति गुरुङ, सिम्रन थापा, पविना पुन मगर, नोरा गुरुङ, जेनिसा परियार, गौमाया गुरुङ, जमुना गुरुङ, सहारा रानाभाट, स्मृति सुवेदी, प्रशंसा सापकोटा, सुमिना कुमाल र अञ्जना रम्तेल।

सुस्मिता बास्तोला र साँझ क्रिएसन्सका अध्यक्ष झलककुमार गुरुङले सञ्चालन गर्नुभएको उक्त प्रतियोगिताको तेस्रो एलिमिनेसन राउन्ड आगामी असोज १७ गते हुनेछ। त्यसपछि उत्कृष्ट प्रतियोगीहरू अन्तिम प्रतिस्पर्धा (फिनाले) तर्फ अगाडि बढ्नेछन्। आयोजकका अनुसार प्रतियोगिताको ग्रान्ड फिनाले भने आउँदो कार्तिक १४ गते पोखरास्थित सभागृह हलमा भव्य रूपमा आयोजना गरिनेछ।

कमेन्ट गर्नुहोस्
Share: