नेष्टको २४औँ वार्षिक साधारण सभा सम्पन्न

Share:

पोखरा । सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेष्ट) को २४औँ वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले सीपमार्फत सशक्तीकरणका साथै आयआर्जनका सन्दर्भमा नेष्टको भूमिका सराहनीय रहेको उल्लेख गरे ।

उनले समाजका सीमान्तकृत एवं पछाडि पारिएका समुदायलाई लक्षित गरी आयआर्जनका कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै यस्ता कार्यक्रमले अवसरहरूको पहिचान र स्वरोजगार सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँ, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारी तथा रूपान्तरण महिला समूह पोखरा १५ का अध्यक्ष बेलमाया गुरुङलगायतले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थ्एि ।

सो अवसरमा संस्थामा उत्कृष्ट योगदान पुर्‍याउने कर्मचारीहरू-कार्यक्रम प्रबन्धक हरिप्रसाद लुइँटेल, लेखा तथा प्रशासन सहायक मुना मजाकोटी र कार्यालय सहायक मनु जी.सी.लाई सम्मान तथा पुरस्कृत गरिएको थियो।

संस्थाका अध्यक्ष सूर्यप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारण सभामा उपाध्यक्ष कमला श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव कुम गुरुङले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: