त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितिको अध्यक्षमा स्वच्छन्द आत्रेय

Share:

पोखरा । पोखरा २७ तालचोकमा अवस्थित त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितिको नवौँ अधिवेशन तथा दशौँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ।

अधिवेशनले स्वच्छन्द आत्रेयको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। समितिको वरिष्ठ उपाध्यक्षमा चन्दा भुजेल, उपाध्यक्षमा प्रताप विक, सचिवमा सागर तिवारी, कोषाध्यक्षमा सुजाता कार्की र सह-सचिवमा भावुक पौडेल चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा अनिल लामा, रचित पन्त, सञ्जय लामिछाने, अमिशा तिवारी, संघर्ष भण्डारी, अञ्जन तिवारी, सम्झना क्षेत्री, रोशनी भट्टराई, मन्दिप न्यौपाने, रबिन क्षेत्री र मनिष रानाभाट रहेका छन्।

समिति अन्तर्गत अमिशा तिवारी संयोजक रहेको शिक्षा उपसमिति, अर्पना वाग्ले संयोजक रहेको साहित्यिक उपसमिति, ५ सदस्यीय खेलकुद उपसमिति र ४ सदस्यीय सांस्कृतिक उपसमिति समेत गठन गरिएको छ।

समितिका अध्यक्ष विवेक केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि कलेज सञ्चालक समितिका अध्यक्ष सुमन भट्टराईले विद्यार्थीको नेतृत्व विकास, अनुशासन र सिर्जनात्मक सहभागिताले नै कलेजको शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउने बताए।

कार्यक्रममा कलेजका सल्लाहकार एवं पूर्व अध्यक्ष बाबुराम गिरी, कलेज सञ्चालक एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य छत्रधर आत्रेय, कलेजका प्रमुख डिल्लीराम पौडेल र संस्थापक अध्यक्ष कमल गौतमले विद्यार्थी कल्याणकारी समिति कलेज र विद्यार्थीबीचको महत्त्वपूर्ण सेतु भएको उल्लेख गर्दै नयाँ नेतृत्वले व्यावहारिक ज्ञान, नेतृत्व क्षमता तथा सिर्जनात्मक र सामाजिक गतिविधिहरूलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

सोही अवसरमा बीबीएस चौथो वर्षमा ८१ दशमलव २० प्रतिशत अङ्कसहित उत्कृष्ट नतिजा हासिल गर्ने कविता भट्टराई लगायतका मेधावी विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।

एकेडेमिक कोअर्डिनेटर शिवचन्द्र घिमिरेको संयोजकत्वमा उपप्राध्यापक सत्यराज कँडेल र उपप्राध्यापक किशोर सुवेदी सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो।

सहायक क्याम्पस प्रमुख सुनिलदत्त बरालले सहजीकरण गरेको उक्त कार्यक्रमको सञ्चालन भने सागर तिवारीले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: