भोली पोखरा, लेखनाथ र हेमजाका ३३ पम्पबाट डिजेल वितरण गरिने (पम्पको सूचीसहित)

Share:

पोखरा, ३ पुस | भोली शनिबार पोखरा, लेखनाथ र हेमजाका ३३ वटा पम्पबाट डिजेल वितरण हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले आधिकारिक रुपमा डिजेल वितरण गर्ने जानकारी दिएको हो ।

प्रशासनका अनुसार एउटा पम्पले १८ हजार लिटरसम्म डिजेल वितरण गर्ने जिम्मा पाएका छन् । सबैभन्दा बढि कालिका फ्युल स्टेशनले १८ हजार लिटर डिजेल वितरण गर्ने भएको छ ।

वितरण अनुमती पाएका पम्पहरुले लामो दुरीको ट्रक र बसका लागि ६ हजार, ग्रामिण रुटमा चल्ने बसका लागि ४ हजार, मिनि बसका लागि ३५ सय, हायसका लागि ३५ सय, नगरबसका लागि ३ हजार, लोकल ट्रकका लागि ३ हजार, निजी जीप तथा कारका लागि २५ सय, ठुलो ट्याक्टरको लागि २ हजार, साना ट्याक्टरको लागि ५ सय, पर्यटक बसका लागि ६ हजार, पर्यटक साना सवारीका लागि २५ सय र ढुवानी गाडीका लागि २ हजार रुपैयाँ बराबरको डिजेल वितरण गर्न पाउनेछन् ।

यस्तो छ डिजेल वितरण गर्ने पम्पहरुको नामावली :

disel-1-pic- copy

कमेन्ट गर्नुहोस्
Share: