जिसस कास्कीद्वारा माछापुच्छ्रे गाउँपालिकाका लागत साझेदारीका योजना अनुगमन

Share:

पोखरा । जिल्ला समन्वय समिति कास्कीले माछापुच्छ्रे गाउँपालिकाका लागत साझेदारीका योजना अनुगमन गरेको छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल नेतृत्वको टोलिले जिसस कास्कीको ६० प्रतिसत र माछापुच्छ्रे गाउँपालिकाको ४० प्रतिसत लागत साझेदारीमा निर्माणाधिन र निर्माण सम्पन्न आयोजनाहरूको बुधबार अनुगमन गरिएको हो।

यसरी अनुगमन गरेका आयोजनाहरूमा माछापुच्छ्रे वडा न ७ को स्वास्थ चौकी भवन, पात्लाकुने खानेपानी योजना ,वडा न २ भुर्जुङ खोलाको माछापुच्छ्रे मा बि भवन निर्माण योजना अनुगमन गरिएको जिल्ला समन्वय समिति कास्कीले जनाएको छ।

अनुगमनका क्रममा जिसस कास्कीका प्रमुख लिलाधर पौडेलले निर्धारित मापदण्ड र गुणस्तरलाइ उच्च प्राथमिकता दिन आग्रह गरिए पनि आशा अनुसार पाउन नसकेको उल्लेख गरे ।

पौडेलले सार्बजनिक लगानिको उच्चतम सदुपयोग हुनुपर्ने कुरालाई दोहोर्याउनु भएको थियो । अनुगमनमा सो पालिका क्षेत्र भएका जिसस कास्कीका सदस्यद्वय सुकमाया नेपाली र लक्ष्मी दमै ,जिल्ला समन्वय अधिकारी नवराज बराल ,इन्जिनियर महेश पोख्रेल सहित प्राविधिक तथा कर्मचारी र स्थानिय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: