विग आइकनमा मङ्गलबार पहिलो चरणको अन्तिम अडिसन चल्दै

Share:

पोखरा, ७ पुस-
सामसुङ ग्यालेक्सी जे सेभेन छैठौँ विग आईकनको पहिलो चरणको अडिसनको आज तेस्रो दिन पनि जारी रहेको छ । न्यूरोडस्थित स्काई टच रेष्टुरेण्टमा आईतबार देखि सुरु भएको अडिसनमा आईतवार र सोमवार सहभागिता जनाएका मध्ये ९७ जनाले दोस्रो चरणका लागि ग्रीन कार्ड प्राप्त गरेका छन् ।
प्रतियोगितामा ४२ जिल्लाका ९ सय ३ जना गायन प्रतिभाहरुले सहभागिताका लागि फाराम भरेका छन् । दुई महिनासम्म चल्ने विग आईकनमा १९ चरणको अडिसन हुने विग एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले जानकारी दिए ।
छैठौँ सँस्करणको विग आईकनको विजेताले उपाधिसँगै १ लाख ७५ हजार रुपैयाँ बराबरको हिरो ड्यास स्कुटर र बेलायतको साँगीतिक यात्रा पुरस्कार स्वरुप पाउने एफएमले बताएको छ । त्यस्तै प्रतियोगितामा दोस्रो हुनेले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

कमेन्ट गर्नुहोस्
Share: