कर्णदास एकल सांगीतिक कार्यक्रमको तयारी पूरा

Share:

पोखरा, १० पुस-
पोखरामा यही शनिबार गर्न लागिएको १० वर्षपछि कर्ण दास एकल साङगितिक कार्यक्रमको तयारी पूरा भएको छ । लायन्स क्लव अफ पोखरा आदर्श चौतारीले गर्न लागेको सो कार्यक्रम पोखराको सभागृहमा हँुदैछ ।
क्लवका अध्यक्ष बासु कोइरालाका अनुसार भूकम्पले क्षतिग्रस्त विद्यालयको पुननिर्माण सहयोगार्थ कार्यक्रम आयोजना गर्न लागिएको हो ।
पोखरामा १० वर्षपछि चर्चित गायक कर्ण दासको एकल साङ्गितिक कार्यक्रम गर्न लागिएकाले उनका स्रोता एवं शुभेच्छुकहरुको ठुलो संख्यामा सहभागिता रहने आयोजकको अपेक्षा छ ।
कार्यक्रममा गायक कर्ण दासले जीन्दगीको के भरोसा, ठूला÷ठूला महल हैन लगायतका २० वटा बढि गित गाउनेछन् ।
कार्यक्रम सम्पन्न गर्नका लागि १२ लाख ५५ हजार खर्च लाग्ने र १७ लाख ५० हजार रुपैया आम्दानी हुने अपेक्षा गरिएको छ ।
यसैबर्षको भदौमा गठन भएको क्लवले यसअघि बृक्षरोपण, पिस पोष्टर प्रतियोगिता, शुभकामना आदानप्रदान कार्यक्रम गरिसकेको छ । क्लवले यसवर्ष रक्तदान, विद्यालय सहयोग, क्यान्सर सचेतना, स्वास्थ्य शिविर लगायतका कार्यक्रम गर्ने पनि जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: