सीमांकन कुनै पनि हालतमा परिवर्तन हुँदैन- नेता खनाल

Share:

इलाम, १० पुस-
नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले सीमाङ्कनको विषयमा झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर कुनै हालतमा नटुक्रिने बताएका छन् ।

आज बिहान इलाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता खनालले मोर्चाले राखेको पाँच जिल्ला मधेस प्रदेशमा समावेश गर्नुपर्ने माग कुनै हालतमा स्वीकार्य नहुने बताए ।
सबैकुरा उहाँहरूले भनेको मान्ने भन्ने कहाँ छ ? भन्ने प्रश्न गर्दै उनले भने, “आफूहरूको मागमा उहाँहरू टसमस नहुने, अनि सरकार र राजनीतिक दलले उहाँहरूको माग मात्रै पूरा गर्ने यो कदापि मान्य हुँदैन ।”
सरकारले अघि सारेको तीनबुँदे प्रस्ताव नै मिलनबिन्दु भएकाले मोर्चालाई त्यसमा सकारात्मक हुन आग्रह गरे ।
भारतले गरेको अघोषित नाकाबन्दी भारत आफैँलाई घाँडो भएको जनाउँदै सो नाकाबन्दी केही दिनभित्रै खुल्ने बताए । आफूलाई चित्त नबुझेको कुरा प्रक्रियागत रूपमा राख्न र सीमामा बसेर अवरोध नगर्न समेत आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
Share: