
काठमाडौं, पुस १० । अन्तर्राष्ट्रिय बजार भाउ पच्छ्याउँदै स्थानीय बजारमा शुक्रबार सुनको भाउ तोलामा सय रुपैयाँले बढ्यो ।
शुक्रबार सुन प्रति १० ग्राम ४१ हजार ४ सय १० अर्थात् तोलाको ४८ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार तोलाको ४८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको भाउ तोलाको ६ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
शुक्रबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार ७६ डलर हाराहारीमा कारोबार भएको थियो ।
कमेन्ट गर्नुहोस्
