भारतीय प्रधानमन्त्री मोदी ‘अचानक’ पाकिस्तानमा

Share:

काठमाडौं, पुस १० । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अचानक पाकिस्तान पुगेका छन् ।

अफगानिस्तानको भ्रमणपछि अचानक पाकिस्तान पुगेका भारतीय प्रधानमन्त्री मोदीलाई लाहोर विमानस्थलमा पाकिस्तानी समकक्षी नवाज सरिफले स्वागत गरेका थिए ।

भारतीय सन्चारमाध्यमहरुले पाकिस्तानी प्रधानमन्त्री सरिफलाई जन्मदिनको शुभकामना दिन मोदी अचानक पाकिस्तान पुगेको टिप्पणी गरेका छन् ।

यसअघि, पाकिस्तानका प्रधानमन्त्री सरिफ भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहणमा भाग लिन भारत आएका थिए ।

भारतीय प्रधानमन्त्रीले पाकिस्तानको भ्रमण गरेको १२ वर्षको इतिहासमा यो पहिलोपटक हो ।

यसअघि, सन् २००४ मा भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयीले पाकिस्तानको भ्रमण गरेका थिए । मोदीको यो भ्रमणपछि दुई देशबीचको सम्बन्धमा सुधारको आशा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: