
गुल्मी, १४ पुस-
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले अब ल¥याङ त¥याङ तरिकाले पार्टी चल्न नसक्ने जनाउँदै पार्टीका नेताद्वय सुशील कोइराला र शेरबहादुर देउवालाई विश्राम लिन आग्रह गरेका छन् ।
नेपाली काँग्रेस गुल्मीले आज आयोजना गरेको ‘कस्तो बन्यो संविधान, सद्भाव र एकताको अभियान’ अन्तर्गत कार्यक्रममा सहभागी हुन सदरमुकाम तम्घास आइपुग्नुभएका नेता पौडेलले अब सधैं भागबन्डाबाट पार्टी चल्न नसक्ने बताउँदै अब कार्यकर्ताका लागि मूल्याङ्कन गर्ने परीक्षाको घडी आएको बताए ।
उनले दुई नेताहरुले सभापति र प्रधानमन्त्रीको अनुभव बटुलिसकेको हुँदा उनीहरुलाई आराम गर्न आग्रह गर्दै आफूलाई पार्टी सभापतिका लागि सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।
नेपाल प्रेस युनियन गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “मैले उहाँहरुलाई अब आराम गर्नुस्, पार्टी म हाँक्छु भनेको छु । ” उहाँले यसपालि आफूले कुनै पनि हालतमा सभापतिमा उम्मेदवारी दिने घोषणा पनि गरे ।
