नेपालमा प्रेस स्वतन्त्रतालाई कसैले हनन गर्न सक्दैन ः सांसद अधिकारी

Share:

श्यामशीत्तल, पौष १५ , व्यवस्थापिका संसद अन्तर्गतको बिकास समिति सभापति रविन्द्र अधिकारीले नेपालमा प्रेस स्वतन्त्रतमलाई कसैले पनि हनन गर्न नसक्ने दावी गरेका छन ।
लमजुङ सदरमुकाम वेशीशहरमा जिविसको आयोजनामा आयोजित जनताको संविधान जनताकै माझमा भन्ने राष्ट्रव्यापी प्रचारप्रसार अभिायन कार्यक्रममा वोल्दै अधिकारीले जागरुक नागरिक र प्रेस भएकाले नेपालमा प्रेस अधिकारलाई कसैले हनन गर्न नसक्ने वताएका हुन । सांसद अधिकारीले माने पनि नमाने पनि लेखोट र संविधानसभावाट वनाईएकोले पनि संसारमै नेपालको संविधान उत्कृष्ट रहेको अधिकारीले ठोकुवा गरे । साथै उनले संविधानको कार्यान्वयनमा जानुपर्ने, काम गर्दै जाँदा देखिएका कमजोरी थाहा हुने भएकाले संशोधन पनि गर्न सकिने स्पष्ट पारे । विभिन्न चुनौतीका वावजुद पनि मुलुकमा संविधान जारी भएकाले यसको कार्यान्वयनको पक्षमा दलगत एकता आवश्यक रहने पनि उहाँको तर्क थियो । अवको राजनिती समृद्धि र विकासका लागि हुनुपर्ने पनि सांसद अधिकारीको भनाई रहेको छ । मुलुकमा असोज ३ गते जारी गरिएको संविधानका विषयमा नागरिकहरुलाई जानकारी गराउने उद्धेश्यले संचालित राष्ट्रव्यापी प्रचार प्रसार अभियान कार्यक्रममा स्थानीय विकास अधिकारी शेखर पौडेलको अध्यक्षता रहेको थियो । वेशीशहर नगरपालिकाका कार्यकारी अधिकृत डीक वहादुर कार्कीले स्वागत गरेका कार्यक्रममा लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीले संविधानका विषयमा गहिरो अध्ययन नगरी जनतामा भ्रम छरिएको वताए । संविधानका विषयमा जनतालाई पहिल्यै जानकारी गराउनुपर्ने उनको भनाई थियो । कार्यक्रमकै अवसरमा नेपाली कांग्रेसका जिल्ला सभापति कृष्ण कोईरालाले संविधानको प्रचारप्रसार जुन रुपमा हुनुपर्ने हो, त्यो हुन नसकेको भन्दै असन्तुष्टी व्यक्त गरे । साथै उनले अहिलेको सरकार सरकार टिकाउनमा मात्र व्यस्त रहेको आरोप लगाए । यसैगरी नेकपा एमालेका जिल्ला अध्यक्ष धनन्जय दवाडीले संविधानका विषयमा उठेका भ्रमहरु चिर्नुपर्ने वताए । संविधानका कार्यान्वयनमा दलगत एकता आवश्यक रहेको उनको विचार थियो । ययैगरी एमाओवादीका जिल्ला अध्यक्ष पारसमणि पौडेलले अहिलेको संविधान सापेक्षित रुपमा राम्रो रहेको वताए । पौडेलले संविधानलाई ग्रहण अपूर्ण पक्षलाई परिमाजर्न गर्न सकिने वताए । यसैवीच राप्रपाका वालचन्द्र श्रेष्ठ, राप्रपानेपालका शंकर विष्ट, लमजुङ वाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष नविनराज कुइकेल, अन्तर्पाटी महिला सन्जालकी अध्यक्ष मधु अधिकारी लगायतले वाल्दै संविधानको कार्यान्वयमा सवै जुट्नुपर्ने वताए ।

कमेन्ट गर्नुहोस्
Share: