विग आईकनको चौंथो चरणको अडिसन आज

Share:

पोखरा, १८ पुस-
छैठौँ विग आईकन अन्तरगत चौथो चरणको अडिसन आज हुँदैछ । न्यूरोडमा रहेको स्काई टच रेष्टुरेण्ट एण्ड लाउन्ज बारमा दिउँसो १२ बजेबाट अडिसन सुरु हुने आयोजक संस्था बिग एफ.एमका कार्यक्रम संयोजक संजोग बस्यालले जानकारी दिए । ।
यसअघि चौंथो चरणको अडिसनको लागि ६२ जना गायन प्रतिभाहरु छनौट भएका थिए । मंगलबार र बुधबार दुई दिनसम्म चलेको तेस्रो चरणको अडिसनबाट उनीहरुले अघिल्लो चरणका लागि कार्ड प्राप्त गरेका हुन् । तेस्रो चरणको अडिसनमा कुल ७९ जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए ।
विग आईकनको यो सिजनमा ४२ जिल्लाका कुल ९ सय ३ जनाले सहभागिता जनाएका थिए । बुधबार भएको तेस्रो चरणको अडिसनको अन्तिम दिन गायकहरु कर्ण दास, विवेक श्रेष्ठ र विनोद बाँनिया निर्णायक रहेका थिए ।
छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।
छैटौ संस्करणको बिग आइकनमा हालसम्म टाइटल स्पोन्सरको रुपमा सामसुङ्ग मोबाइल, सबटाइटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्टस्, प्रोमोटेड बाई टाइटलमा द ब्रिटिस कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सब–स्पोन्सरमा पिपल डाली मसाला, पोखरा सिने प्लेक्स र मिलिजुली डेकोरेशन रहेका छन् ।
त्यस्तै सर्पोर्टेड बाई टाइटलमा एब्स्ट्रायाक्ट एजुकेशन नेटवर्क, पार्वड बाई टाइटलमा जिङ्ग अल्ट्रा प्रीमियम भोड्का, टेलिभिजन मिडिया पार्टनरमा एभिन्युज टेलिभिजन र कान्तिपुर साप्ताहिक, समाधान दैनिक, अन लाइन पार्टनरमा जक्शन डटकम, म्यागाजिन पार्टनरमा यस म्यागाजिन, होटल पार्टनरमा होटल बाराही, भेन्यु तथा रेष्टुरेण्ट पार्टनरमा स्काई टच रेष्टुरेण्ट, बैंकिङ् पार्टनरमा गरिमा विकास बैक र ट्राभल पार्टनरमा जिरो प्वाइन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: