
काठमाडौं, १८ पुस-
आन्दोलनरत मधेशी मोर्चाको मागका बिषयमा छलफल गर्न आज नेपाली काँग्रेस, एमाओवादी र मोर्चाबीच आज त्रिपक्षीय वार्ता हुँदैछ ।
बिशेषगरी संसद्मा पेस भएको संविधान संशोधन विधेयकमा सहमति जुटाउन आज वार्ताको तयारी भएका हो ।
यसअघि हिजो एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख विपक्षी दल कांग्रेस उपसभापति रामचन्द्र पौडेलबीच त्रिपक्षीय बैठक बोलाउने सहमती भएको थियो ।
मोर्चाका माग सम्बोधन गर्न संविधान संशोधन गर्न लागिएपनि उनीहरूले संशोधन स्वीकार नगरेका कारण संसद्मा पेस भएको संशोधन प्रस्तावमाथिको छलफल लम्ब्याइएको छ ।
शुक्रबारसम्ममा मोर्चाका मागमा खासै उपलब्धि नभए पनि शनिबार बस्ने त्रिपक्षीय बैठक निर्णायक बनाउनुपर्नेमा दाहाल र पौडेलबीच सहमति भएको स्रोतको दावी छ ।
आइतबार संसद्मा संविधान संशोधन विधेयकको सैद्धान्तिक छलफल पारित गर्नका लागि पनि मधेसी मोर्चासँगको सहमति आवश्यक पर्नेमा काँग्रेस र एमाओवादीको एकमत छ ।
