पोखरा, १९ पुस-
छैठौँ सँस्करणको विग आईकन अन्तरगत चौथो चरणको अडिसन आजपनि हुँदैछ ।
अडिसन न्यूरोडस्थित स्काइ टच रेष्टुरेण्ट एण्ड लाउण्ज बारमा हुनेछ । हिजो भएको चौथो चरणको पहिलो दिनको अडिसनमा २३ जना प्रतिस्पर्धीहरुले पाँचौ चरणको लागि छनौट भएका छन् ।
चौथो चरणको अडिसनका लागि ६२ जना प्रतियोगीहरु रहेकोमा ३१ जनाले हिजो अडिसन दिए भने बाँकीको आज हुने एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले
जानकारी दिए । विग आईकनको यो सिजनमा ४२ जिल्लाका कुल ९ सय ३ जनाले सहभागिता जनाएका थिए ।
शनिबार भएको चौथो चरणको अडिसनमा श्यामसुङ तामाङ र सुनील थापा निर्णायक रहेका थिए ।
विग आईकनको यो सिजन अन्तरगत कुल १९ वटा चरणको अडिसन हुनेछ । यो पटक यी दुई निर्णायकसँगै गायकहरु कर्णदास, विवेक श्रेष्ठ र विनोद बाँनिया पनि निर्णायक रहेका छन् ।
छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।
