राजतन्त्र ल्याउन सत्ताको प्रयोग ः राप्रपा महामन्त्री राणा

Share:

पोखरा, पुष १९, माधब पनेरु ,
राप्रपा नेपालका महामन्त्री धबल सम्सेर राणाले आफ्नो पार्टीले राजतन्त्र फर्काउनको लागि सक्ताको प्रयोग गर्ने बताएका छन । राष्ट्रीय पत्रकार समाज कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री राणाले नेपालमा गणतन्त्र नटिक्ने भएकाले लिखित रुपमै आफ्ना दस्ताबेजहरुमा राजतन्त्रको बारेमा वकालत गरिएको भएपनि यो सरकारमा सहभागि भएको बताए । सरकारलाई प्रयोग गरिन्छ र राजतन्त्र ल्याईन्छ मन्त्री राणाले भने ।
सरकारले सन्षोसजनक काम गरिरहेकोे उनको दावि थियो । आफुहरु भन्दा पहिलाकै सरकारका पालामा नाकाबन्दी भएको भएपनि अहिलेको सरकारका परराष्ट्रमन्त्री कमल थापाको सक्रियताका कारण केही सहज भएको उनको दावि थियो । सरकारमा सहभागि हुनुमा आफुहरुको अन्य बाद्यता पनि भएको उनले सो अबसरमा जानकारी दिए । प्रमुख प्रतिपक्ष हुन नपाउएका कारण आफ्ना कुराहरु फोरममा राख्न नपाएपछि सरकार मार्फत आफ्ना ऐजण्डा लागु गर्नका लागि सरकारमा सहभागि भएको उनको भनाई थियो ।उनले भने , जसन दिन हाम्रो पक्षमा माहोल आउछ त्यहि दिन राजतन्त्र ल्याईन्छ ।

 

कमेन्ट गर्नुहोस्
Share: