
काठमाडौं, २१ पुस-
संयुक्त मधेसी मोर्चाको बैठक आज बस्दैछ । बैठकमा प्रमुख तीन दलले प्रस्ताव गरेको साझा कार्यदल बनाउने विषयमा छलफल हुनेछ । तीन दलका तर्फबाट बनाएको कार्यदलमा सदस्य पठाएर थप छलफल गर्ने वा नगर्ने भन्नेमा बैठकले निर्णय गर्ने संघिय समाजवादीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
बैठकमा सरकार तर्फबाट आएको प्रस्ताव, संविधान संसोधन प्रक्रिया र नयाँ चरणको आन्दोलनका विषयमा छलफल हुने उनले बताए । बैठक मोर्चाको कार्यालय विजुली बजारमा बस्ने तयारी छ । यसअघि हिजो बसेको बैठकले यस बिषयमा निर्णय नै गर्न नसकेपछि सकिएको थियो ।
कमेन्ट गर्नुहोस्
