बालकृष्ण ढुंगेललाई पक्राउ गर्न अदालतको आदेश

Share:

काठमाडौं, २३ पुस-
पूर्व सभासद बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
यसअघि अदालतले गरेको सर्वस्वसहित जन्मकैदको फैसला कार्यान्वयन हुनुपर्ने भन्दै सर्वोच्चले बिहीबार ढुंगेलले उन्मुक्ति नपाउने फैसला सुनाएको हो ।
प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश गोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलाशले सावित्री श्रेष्ठले दायर गरेको रिटमा फैसला सुनाउँदै उनको अपराधका आधारमा उन्मुक्ति दिन नमिल्ने जनाएको हो ।
सावित्री श्रेष्ठ ओखलढुङगामा उज्जन तथा गणेश श्रेष्ठकी दिदी हुन् ।
यसअघि अदालतले गरेको सर्वस्वसहित जन्मकैदको फैसला कार्यान्वयन हुनुपर्ने भन्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।
द्वन्द्वकालको समयमा ओखलढुगाका उज्जन तथा गणेश श्रेष्ठको हत्या भएको थियो । उनीहरु दाजुभाई हुन् । उक्त हत्या प्रकरणमा ढुंगेल दोषी रहेको पाईएको थियो ।
सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्म कैदको फैसला सुनाएपनि एमाओवादीले संरक्षण गरेपछि उनले कार्वाही भोग्न पाएका छैनन् ।

कमेन्ट गर्नुहोस्
Share: