
पोखरा, २६ पुस-
कम्प्युटर एसोसियसन अफ नेपाल महासंघले कास्की शाखालाई सर्वोत्कृष्ट जिल्ला घोषणा गरेर सम्मान गरेको छ । महासंघको काठमाडौंमा हालै सम्पन्न २२औं साधरणसभाको अवसरमा कास्की शाखालाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
आर्थिक वर्ष २०७०÷७१ मा गुणनिधी पाण्डेको नेतृत्वमा रहेको क्यान कास्कीले राम्रा गतिविधि गरेकाले कास्की शाखा उत्कृष्ट घोषणा भएको हो । क्यान महासंघ कास्कीका संस्थापक अध्यक्ष तथा क्यान महासंघका केन्द्रीय सदस्य जगनबहादुर गुरुङ तथा निवर्तमान अध्यक्ष गुणनिधी पाण्डेले संयुक्त रुपमा सम्मान ग्रहण गरेको क्यान महासंघ कास्कीका सचिव विश्वास भण्डारीले जानकारी दिए ।
यसैबीच, क्यान महासंघ कास्कीको वार्षिक कार्यक्रम अन्तर्गत शनिबार वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष चिन्तामणि बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन आइटी कोओडिनेटर ईश्वर राज चालिसेले गरेका हुन् । उक्त अवसरमा बोल्दै अध्यक्ष बास्तोलाले क्यान इन्फोटेक २०१६ का लागि तयारी भइरहेको जानकारी दिए ।
