काठमाडौ, ५ जेठ/ भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग पुरानो र गहिरो सम्बन्ध रहेको उल्लेख गरेका छन् ।
गयराति साढे ११ बजे ट्वीट गर्दै मोदीले लेखेका छन् ‘नेपाल पुरानो र हाम्रो गहिरो महत्वको मित्र हो । नेपालसँगको हाम्रो सम्बन्धलाई विभिन्न आयाममा सुदृढ बनाउन हामी प्रतिवद्ध छौं ।’
एक अर्को ट्वीटमा मोदीले नेपालका राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइलारा र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई आफूलाई बधाई दिएकोमा धन्यवाद दिएका छन् ।
Source: ONS
कमेन्ट गर्नुहोस्
