पोखरा, २८ पुस-
छैठौं विग आईकन अन्तर्गत सातौं चरणको अडिसन आज हुँदैछ ।
छैठौं चरणको अडिसनबाट सातौं चरणमा छानिएका कूल ३० जना प्रतियोगीहरुले आज अडिसन सदनेछन् ।
न्यूरोडस्थित स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बारमा सुरु हुने अडिसन यसअघिका अडिसनभन्दा आज फरक हुनेछ ।
यसअघि संगीत विना नै गीत गाउँदै आएका प्रतियोगीहरुले सातौँ चरणको अडिसनदेखि प्रतिस्पर्धीहरुले ‘पियानो’ मा गीत गाउनुपर्नेछ । विग आईकनको यो सिजनमा ४२ जिल्लाका कुल ९ सय ३ जनाले सहभागिता जनाएका थिए ।
छैठौँ विग आईकनको निर्णायकहरुमा श्यामसुङ तामाङ, कर्ण दास, विवेक श्रेष्ठ, विनोद बानियाँ र सुनील थापा रहेका छन् ।
छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।
छैटौ संस्करणको बिग आइकनमा टाइटल स्पोन्सरको रुपमा सामसुङ्ग मोबाइल, सबटाइटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्टस्, प्रोमोटेड बाई टाइटलमा द ब्रिटिस कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सब–स्पोन्सरमा पिपल डाली मसाला, पोखरा सिने प्लेक्स र मिलिजुली डेकोरेशन रहेका छन् ।
त्यस्तै सर्पोर्टेड बाई टाइटलमा एब्स्ट्रायाक्ट एजुकेशन नेटवर्क, पार्वड बाई टाइटलमा जिङ्ग अल्ट्रा प्रीमियम भोड्का, टेलिभिजन मिडिया पार्टनरमा एभिन्युज टेलिभिजन र कान्तिपुर साप्ताहिक, समाधान दैनिक, अन लाइन पार्टनरमा जक्शन डटकम, म्यागाजिन पार्टनरमा यस म्यागाजिन, होटल पार्टनरमा होटल बाराही, भेन्यु तथा रेष्टुरेण्ट पार्टनरमा स्काई टच रेष्टुरेण्ट, बैंकिङ् पार्टनरमा गरिमा विकास बैक र ट्राभल पार्टनरमा जिरो प्वाइन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् ।
