लेखनाथमा स्कूल बस दुर्घटना, ८ जना घाईते

Share:

पोखरा, २८ पुस-
लेखनाथ नगरपालिकामा आज बिहान भएको स्कूल बस दुर्घटनामा परी ८ जना घाईत्े भएका छन् ।
जुनियर सिटिजन एकेडेमीको ग १ ख १० ०७ नम्बरको बस लेखनाथ नगरपालिकाको कन्दनी डाँडा नजिकैको भीरबाट खसेर दुर्घटना भएको हो ।
घाईते हुनेमा ६ जना विद्यार्थी, एकजना चालक र एकजना सहचालक रहेका छन् ।
घाइते सबैको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । उकालो बाटो चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: