रुट अनुसार चल्दैनन् पोखरा बस

Share:

पोखरा , पुष २८,माधब पनेरु ,
स्थानिय यात्रुहरुलाई सेवा दिने गरि सञ्चालन गरिएको पोखरा बस पछिल्लो समय आफ्नो तोकिएको रुटमा नहिड्ने गरेको पाईएको छ ।
भारतले नाकाबन्दी गरेपछि बस ब्यबशायिहरुले यात्रुहरुको भिड हुने रुटमा मात्र बस सञ्चालन गरिरहेको गुनासो आउन थालेको छ । जहाँ बढी पैसा कमाई हुन्छ , त्यही मात्र बस सञ्चान भैरहेका छन । पोखरा बसले सबै र तोकिएका स्थानहरुमा सेवा दिने गरि अन्य स्थानिय बसहरु सञ्चालन गर्न दिएको छैन । बिगतमा पोखरामा सञ्चालनका लागि दर्ता भएका बस ब्यबशायि समितिहरुले पनि पोखरा बस का कारण बस सञ्चालन गर्न सकिरहेका छैनन् । प्रसासन लाई समेत पोखरा बसले प्रभाबित पारेर एक छत्र रुपमा पोखरा र आसपासका क्षेत्रहरुमा आफ्ना गाडीहरु सञ्चालन गरेको छ । पोखरा बाट चल्ने खाल्टे मसिना, महतगौडा, पावर हाउस जस्ता स्थानहरुमा पोखरा बस आज भोली जान छाडेको त्यहाँका स्थानियहरुले बताएका छन । भारतको नाकबन्दीको हल्ला चल्ने बित्तिकै ति स्थानहरुमा एउटा पनि पोखरा बस नगएको उनिह बताउछन । कास्कीकै बागमाराका लागि बिहान एउटा र बेलुका एउटा बस मात्र जाने गरेको छ । पहीला आधा घण्टामा एउटा बस जाने गरेको स्थानियहरुले जानकारी दिए ।
नाकाबन्दी पछि आफुहरुले सेवा दिन नसकेको पोखरा बस ब्यबशायि समितीका अध्यक्ष रमेश गिरिले स्वीकार गरे । पछिल्लो समय डिजेलको सहजता बढ्दै गएको भए पनि आफुहरुले ब्यबस्थापन गर्दे जाने क्रममा भएको उनको दावि छ । आफ्ना बसहरु नचले सत्य हो, अब हाहि मिलाउछौ , उनले बिग एफ.एम संग भने । अब माघ महिना बाट सबै स्थानहरुमा पोखरा बस जाने उनले दावि पनि गरेका छन ।
ईन्धन बितरण भैरहदा पनि यात्रु भाँडा र तोकिएका रुटहरुमा सार्बजनिक यातायात सञ्चालन नहुँदा सर्बसाधारण थप सास्ती भोग्न बाद्य छन ।

कमेन्ट गर्नुहोस्
Share: