रञ्जन अधिकारी पोखरा, ८ जेठ / पोखरा १ पूरानो टुँडिखेल स्थित अञ्जुली आवासीय माविले आफ्नो २१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह विहिबार सम्पन्न गरेको छ । विविध सांस्कृतिक प्रस्तुति सहित विद्यालयले गत वर्ष शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई सम्मान ग¥यो ।
कार्यक्रमका प्रमुख अतिथि एनप्याब्सनका केन्द्रिय उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराईले शैक्षिक क्षेत्रमा उत्कृष्ट अंक ल्याएर समेत निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले असमान व्यवहारको सामना गर्नुपरेको उल्लेख गरे । छात्रवृत्तिदेखि जागिर सेवा प्रवेशमा समेत उत्कृष्ट विद्यार्थी निजी विद्यालयमै अध्ययन गरेको बहानामा पछि पारिनु राज्यकै लागि दुर्भाग्य भएको उनको ठम्याई छ । उनले शैक्षिक स्तर उकास्न निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको तर राज्यले त्यसको सही मूल्याङ्कन गर्न नसकेको गुनासो व्यक्त गरे ।
‘यहीं पोखरामै स्थापित पोखरा विश्वविद्यालयमा समेत छात्रवृत्ति कोटाका लागि नीजि विद्यालयमै पढेको कारण हाम्रा विद्यार्थी अयोग्य हुन्छन् ।’ आक्रोशित बन्दै भट्टराईले प्रश्न गरे ‘पोविले किन छात्रवृत्ति दिँदैन ? कुन मूर्खले बनाएको नियम हो यो ।’ उनले विद्यार्थी, शिक्षक र अभिभावकले आफ्ना जिम्मेवारी के हो बुझेर अघि बढ्नुपर्नेमा जोड दिँदै अञ्जुली विद्यालयले विद्यार्थीमा जिम्मेवारी बहन गराउनेमा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रमको अध्यक्षता समेत गरेका विद्यालयका संस्थापक निर्देशक राजु केसीले विद्यालय, विद्यार्थी र अभिभावकको त्रिपक्षीय सम्बन्धले मात्र सोचेनुरुप पठनपाठन हुने भएकाले सबैको सहकार्यमा जोड दिए ।
प्रिन्सिपल रमेशराज आचार्यले गुणस्तरीय शिक्षाका नाममा जोड घटाउमा रटान दिने मात्र होईन विद्यार्थीलाई सामाजिक उत्तरदायित्व वहन गराउन सक्ने शिक्षा हुनुपर्ने बताए ।
कार्यव्रmममा वैकुण्ठ रमण पराजुली, डबल बहादुर कुँवर, शिक्षक गोविन्द पौडेल, विद्यार्थीहरू जीवित तामाङ, सान्त्वना पराजुली, चीना छन्त्याल लगायतले बोलेका थिए ।
यसैबीच, विद्यालयका प्रा.वि.तहका विज्ञान शिक्षक उत्तम श्रेष्ठलाई यस वर्षको उत्कृष्ट शिक्षकको रूपमा सम्मान गरिएको थियो । साथै दीर्घ सेवा गरेवापत निवर्तमान लेखापाल चूडामणि सुवेदी र नृत्य शिक्षक रविन गुरुङलाई समेत सम्मान गरिएको शिक्षक सञ्जय ढकालले जानकारी दिए । कार्यव्रmममा शिक्षक तथा विद्यार्थीहरूले विभिन्न नृत्य, गीत, नाटकका साथै अन्य मनोरञ्जनात्मक एवम् साँस्कृतिक प्रस्तुति अभिभावकमाझ देखाए ।
