व्यवस्थापिका संसद बैठक आज बस्दै

Share:

काठमाडौं ७ माघ-
व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । बिहान ११ बजेपछिद्ध बोलाइएको बैठकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विरोधका बिच पनि संविधान संसोधनमाथी मतदान हुने भएको छ ।
आजदेखि संसदमा संविधान संशोधनमाथि दफावार छलफलको प्रक्रिया सुरु हुने संसद सचिवालयले जनाएको छ ।
दल र मधेशी मोर्चाबीच सहमती नभए ९ गते मतदान गर्ने गराउने कार्यक्रम तय भएको संसद सचिवालयका प्रवक्ता डाक्टर भरत गौतमले जानकारी दिए ।
संविधान संशोधनका लागि दुई तिहाई बहुमत चाहिने भएकोले यसमा विभाजनको प्रक्रियामा मतदान गराउन लागिएको उनले बताए ।
मधेसी मोर्चाले विरोध गरेपनि संविधान संसोधन पारित हुनेमा प्रमुख दल ढुक्क भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: