
काठमाडौं, १० माघ-
मोरङको रंगेलीमा प्रहरीको गोली लागी मृत्यु भएकाको परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँ राहत दिईने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा आज मधेसी मोर्चाका नेताहरुसहित बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै, मृतकका शव उठाउन पनि आन्दोलनरत मधेशी मोर्चा सहमत भएको छ । चार दिनदेखि मृतकका शव कोशी अञ्चल अस्पतालमै राखिएको छ । बैठकमा मृतकलाई सहिद घोषणा गर्न, घटनाको छानविन गर्न उच्चस्तरीय न्यायीक समिति गठन गर्न र घाइतेहरुको निःशुल्क उपचारको लागि गृहमन्त्रालयमा सिफारिस गर्ने निर्णय पनि भएको छ ।
कमेन्ट गर्नुहोस्
