कम्युनिटी सपोर्ट ग्रुपको अध्यक्षमा पुनः गुरुङ

Share:

पोखरा, १० जेठ। कम्युनिटी सपोर्ट ग्रुप(सि.एस.जी) पोखराको शनिवार सम्पन्न १० औ साधारण सभा तथा अधिवेशनले आगामी दुई वर्षका लागि पुनः मनोज गुरुङको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा शिवजी कुँवर, सचिवमा रत्नमान गुरुङ, कोषाध्यक्षमा करुणा ढकाल, सहसचिवमा मनोजकुमार गुरुङ, सदस्यमा रामचन्द्र पोख्रेल, ओम गुरुङ, कुसुम आलम र प्रेमदेवी परियार रहेका छन्। साधारण सभाले सचिव शिवजी कुँवरले प्रस्तुत गरेको बार्षिक र कोषाध्यक्ष रत्नमान गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ।

यसअघि कार्यक्रमको उद्घाटनगर्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत रामजी कोइरालाले राज्यले गैह् सरकारी संस्थालाई सघाउनु पर्ने र गैह् सरकारी संस्थाले राज्यलाई सबल बनाउनुपर्ने बताए। उनले संस्थाले समुदायको उत्थान सहित विकृति, विसंगति नियन्त्रण र दैवी प्रकोप व्यवस्थापनका लागि काम गरेकोभन्दै प्रशंसा गरे। उनले कास्कीका हालसम्म तीन हजार दुई सय १८ वटा गैह् सरकारी संस्था दर्ता भएको जानकारी दिए।

नौलौ घुम्तीका अध्यक्ष पदमराज पहारीले गैह् सरकारी संस्थाको उदेश्य समाजिक सेवा गर्नु भएको बताए। सिद्वार्थ क्लबका अध्यक्ष दिपेन्द्र मर्सानीले झोला र गोजीमा संचालन हुने गैह् सरकारी संस्थालाई निरुत्साहित गर्नुपर्ने आवश्यकता औल्याए।

कार्यक्रममा संस्थाका संरक्षकहरु विश्वमोहन गौचन, डा कृष्ण के.सी, भुमि अधिकार मञ्चका अध्यक्ष आशबहादुर गुरुङ र शशस्त्र प्रहरी निरीक्षक भरत गौतमले बोलेका थिए। सि.एस.जिका अध्यक्ष मनोज गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसचिव सुरज श्रेष्ठले स्वागत र सदस्य करुणा ढकालले कार्यक्रम संचालन गरेकी थिईन्।

कमेन्ट गर्नुहोस्
Share: