कार्यकारी अधिकृत अधिकारी भन्छन्ः पोखराको सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजीक अपराधी घोषणा गरौं

Share:

पोखरा, १६ माघ-
पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले अतिक्रमणको जोखिममा रहेका पोखराका सार्वजनिक जग्गाको सवै नगरवासीको चासो र पहल आवश्यक रहेको बताएका छन् ।
विष्णुपादुका क्लब हेम्जाको सोह्रौ अधिवेशन तथा साधारण सभाको उद्घाटन समारोहलाई सम्वोधन गर्दै अधिकारीले सार्वजनिक सम्पति कब्जा गर्नेलाई सार्वजनिक अपराधिको रुपमा घोषणा गरि तत्काल कारवाहि गर्नुपर्ने र अतिक्रमित घर जग्गा लाई तत्काल हटाई तार जालि लगाई संरक्षण गर्नुपर्ने बताएका हुन् ।
पोखरा नगरपालिकामा चाडै नै प्लाष्टिकको झोलामा प्रतिबन्ध लगाइने जानकारि दिदै उनले अभियानमा सहयोग गर्न सम्पूर्ण नगरवासीलाई आग्रह गरे ।
नगरपालिकाको सम्पूर्ण जानकारीसहितको मोबाइल एप्स हालै संचालनमा ल्याएको उल्लेख गर्दै प्रमुख अधिकारीले नगरपालीकाले प्रदान गरेको सेवामा ढिलासुस्ति हुन नदिन सेवाग्राहिलाई क्षतिपुर्ति समतको व्यवस्था गरेको जानकारी दिए ।
सेवाग्राहीले ढिलो सेवा प्राप्त गरेको खण्डमा सेवा प्रवाहमा ढिलाई गर्ने सम्वन्धित कर्मचारिको तलव कट्टा गरी सेवाग्राहिलाई क्षतिपुर्ति दिने व्यवस्था नगरपालिकाले गरेको उनको भनाई थियो ।
अधिवेशनले पुनः रमेश कार्कीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: