
पोखरा १९ माघ । पोखरामा एक युवतीको बलात्कारपछि हत्या भएको छ । पोखरा १५ नयाँगाँउमा मंगलवार विहान हत्या गरी फालिएको अबस्थामा १९ बर्षिय युवतीको शब फेला परेको हो । सोहि ठाँउ निवासी नेहा पुनको शब घर नजिकै फेला परेको हो ।
शबको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । उनको शब अर्धनग्न अबस्थामा भेटिएको थियो । टाउकोमा कुनै बस्तुले हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । शब पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान सुरु भएको प्रहरी निरिक्षक वेद प्रकाश जोशीले जानकारी दिए ।
मृतक युवति पोखराको न्यूरोड स्थित स्माईल क्याफेमा कार्यरत थिईन् । दैनिक विहान ७ बजे काममा जाने र र राती ८÷९ बजे फर्कने उनि हिजो साझ नफिर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए । घर नजिकै खाली स्थानमा कालो कपडाले छोपेर फालिएको अबस्थामा शब देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । अयन्त्र हत्या गरी सो स्थानमा ल्याएर शब फालिएको प्रहरीले आशंका गरेको छ ।

