लेखनाथ महोत्सवको तयारी तिव्र

Share:

पोखरा, १९ माघ-
“महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ फागुन ५ गते देखि १६ गते सम्म संचालन हुने १२ औं लेखनाथ महोत्सवको तयारी तिव्र पारिएको छ ।
तयारी अन्तर्गत महोत्सव कार्यसम्पादन समिति, विभिन्न उपसमिति, निर्देशक समिति र सल्लाहकार समितिको संयुक्त बैठक मंगलवार लेखनाथ उद्योग वाणिज्य संघमा बसेको छ ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सवका मुल संयोजक लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको बैठकमा लेखनाथ महोत्सवको तयारीमा भएका गतिविधि सम्वन्धि जानकारी गराईएको थियो ।
करिव ३०० स्टल रहने यस महोत्सवमा स्टेज कार्यक्रम अन्तर्गत प्रतिभाको खोजी कार्यक्रम, चायल्ड ट्यालेन्ट सो अन्तर्गत नृत्य र गायन, हस्य प्रहर्शन, लोक दोहोरी गित, पप कन्सर्न, महिलाहरुको जोडि नृत्य आदि लगायतका मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् ।

कमेन्ट गर्नुहोस्
Share: