
बर्लिन, २६ माघ । दक्षिणी जर्मनीमा दुईवटा रेल एकआपसमा जुध्दा भएको दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या स्थानीय समयाअनुसार मङ्गलबार बिहान ११ः१० बजेसम्म आठ पुगेको बताइएको छ ।
त्यस दुर्घटनामा परी करिब १५० जना घाइते भएका छन् । तीमध्ये ५० जनाको अवस्था गम्भीर रहेको प्रहरी प्रवक्ता स्टेफान सनन्तागले बताउनुभएको छ ।
स्थानीय समयानुसार मङ्गलबार ७ बजे अगाडि नै दुई रेल एकआपसमा जुध्दा ठूलो दुर्घटना प्रहरी अधिकारीले जानकारी दिएको छ ।
सो दुर्घटनाको कारण केही खुलेको छैन । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान थालेको प्राप्त समाचारमा जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
