बिग न्युज, २५ माघ | जारी विग आइकन अन्तरगत सोमबार भएको अडिसनमा प्रमिला बराल बाहिरिएपछि प्रतियोगिता उत्कृष्ट पाँच चरणमा आईपुगेको छ । स्रोता र निर्णायकको मतका आधारमा प्रमिला प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
‘मैले विग आइकनबाट धेरै कुरा सिक्ने मौका पाएँ । र, पहिलो पटकमै यति धेरै सफलता पनि प्राप्त गरेँ ।’ बाहिरिने क्रममा प्रमिलाले भनिन्–‘संगीत मेरो लागि रहर थियो, विग आइकनमा सहभागी भैसकेपछि अब यो मेरो प्यासन भएको छ ।’ साथै उनले आफुसहित गायन प्रतिभाहरुलाई उत्कृष्ट मञ्च प्रदान गरेको प्रति विग एफएमलाई धन्यबाद दिईन् । त्यसैगरि उत्कृष्ट पाँच प्रतिस्पर्धीलाई सफलताको शुभकामना समेत दिईन् ।
प्रमिला बाहिरिएसँगै प्रतियोगितामा अब अनु गुरुङ, अम्बिका पुन, साजन आले, सृष्टि गुरुङ र सौगातबीच प्रतिस्पर्धा हुनेछ । उत्कृष्ट ५ प्रतिस्पर्धीहरुमध्ये विहिबार हुने अर्को चरणको अडिसनमा एक जना बाहिरिने एफएमले जनाएको छ । प्रतिस्पर्धीहरुलाई अगाडि बढाउन स्रोताहरुले समेत भोट गर्न सक्ने एफएमले जनाएको छ ।
एफएमले दिएको जानकारी अनुसार अबका दिनमा उत्कृष्ट तीनसम्म हरेक अडिसनबाट एक जनामात्रै प्रतिस्पर्धी बाहिरिनेछन् । र, उनीहरुको निर्णयअधिकारमा निर्णायकको ६० र स्रोताले गर्ने एसएमएस भोटिङको ४० प्रतिशत हिस्सा हुनेछ । विग आईकनको यो सँस्करणमा श्यामसुङ तामाङ, कर्ण दास, विवेक श्रेष्ठ, सुनील थापा र विनोद बाँनिया निर्णायकको रुपमा रहेका छन् ।
