रेम बिक पोखरा, २६ माघ । बिग आईकनमा विहीबार उत्कृष्ट चार छानिने भएको छ । जारी विग आइकन अन्तरगत सोमबार भएको अडिसनमा प्रमिला बराल बाहिरिएपछि प्रतियोगिता उत्कृष्ट पाँच चरणमा आईपुगेको छ । स्रोता र निर्णायकको मतका आधारमा प्रमिला प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
‘मैले विग आइकनबाट धेरै कुरा सिक्ने मौका पाएँ । र, पहिलो पटकमै यति धेरै सफलता पनि प्राप्त गरेँ ।’ बाहिरिने क्रममा प्रमिलाले भनिन्–‘संगीत मेरो लागि रहर थियो, विग आइकनमा सहभागी भैसकेपछि अब यो मेरो प्यासन भएको छ ।’ साथै उनले आफुसहित गायन प्रतिभाहरुलाई उत्कृष्ट मञ्च प्रदान गरेको प्रति विग एफएमलाई धन्यबाद दिईन् । त्यसैगरि उत्कृष्ट पाँच प्रतिस्पर्धीलाई सफलताको शुभकामना समेत दिईन् ।
प्रमिला बाहिरिएसँगै प्रतियोगितामा अब अनु गुरुङ, अम्बिका पुन, साजन आले, सृष्टि गुरुङ र सौगातबीच प्रतिस्पर्धा हुनेछ । उत्कृष्ट ५ प्रतिस्पर्धीहरुमध्ये विहिबार हुने अर्को चरणको अडिसनमा एक जना बाहिरिने एफएमले जनाएको छ । प्रतिस्पर्धीहरुलाई अगाडि बढाउन स्रोताहरुले समेत भोट गर्न सक्ने एफएमले जनाएको छ ।
अनु गुरुङलाई भोट गर्न द्यक्ष्न् कउबअभ ब्न्, अम्बिका पुनलाई भोट गर्न द्यक्ष्न् कउबअभ ब्ए, साजन आलेलाई भोट गर्न द्यक्ष्न् कउबअभ क्ब्, सृष्टि गुरुङलाई भोट गर्न द्यक्ष्न् कउबअभ क्ज् र सौगात गुरुङलाई भोट गर्न द्यक्ष्न् कउबअभ क्न् टाईप गरि ४३२१ मा पठाउनुपर्ने एफएमले जनाएको छ ।
एफएमले दिएको जानकारी अनुसार अबका दिनमा उत्कृष्ट तीनसम्म हरेक अडिसनबाट एक जनामात्रै प्रतिस्पर्धी बाहिरिनेछन् । र, उनीहरुको निर्णयअधिकारमा निर्णायकको ६० र स्रोताले गर्ने एसएमएस भोटिङको ४० प्रतिशत हिस्सा हुनेछ । विग आईकनको यो सँस्करणमा श्यामसुङ तामाङ, कर्ण दास, विवेक श्रेष्ठ, सुनील थापा र विनोद बाँनिया निर्णायकको रुपमा रहेका छन् ।
सोमबार भएको उत्कृष्ट पाँच छनौट राउण्डमा ¥याण्डम रिडर्स सोसाईटी अफ नेपालका परिकल्पनाकार गनेस पौडेल, त्रिवेणी संगीतालयका प्रशिक्षक नवराज बरालले विग आइकनका प्रतियोगीहरुलाई सफलताको शुभकामना दिए । साथै सोहि अवसरमा संगीत प्रशिक्षक नवराज बरालले फाईनलमा भिड्ने उत्कृष्ट तीन जना प्रतिस्पर्धीलाई तीन महिनासम्म निशुल्क संगीत प्रशिक्षणको व्यवस्था गर्ने वचन दिए । सोमबार नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीका सल्लाहकार रमेश थापा, एब्स्ट्राक्यट एजुकेशन नेटवर्कका कार्यकारी निर्देशक उपेश भारी लगाएतको पनि विशेष उपस्थिती रह्यो ।
छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।
छैटौ संस्करणको बिग आइकनमा टाइटल स्पोन्सरको रुपमा सामसुङ मोबाइल, सबटाइटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्टस्, प्रोमोटेड बाई टाइटलमा द ब्रिटिस कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सब–स्पोन्सरमा पिपल डाली मसाला, पोखरा सिने प्लेक्स र मिलिजुली डेकोरेशन रहेका छन् ।
त्यस्तै सर्पोर्टेड बाई टाइटलमा एब्स्ट्रायाक्ट एजुकेशन नेटवर्क, पार्वड बाई टाइटलमा जिङ्ग अल्ट्रा प्रीमियम भोड्का, मिडिया पार्टनरमा एभिन्युज टेलिभिजन, कान्तिपुर साप्ताहिक, समाधान दैनिक, अन लाइन पार्टनरमा जक्शन डटकम, म्यागाजिन पार्टनरमा यस म्यागाजिन, आईटी पार्टनरमा कम्यूनिकेट मिडिया, होटल पार्टनरमा होटल बाराही, भेन्यु तथा रेष्टुरेण्ट पार्टनरमा स्काई टच रेष्टुरेण्ट, बैंकिङ् पार्टनरमा गरिमा विकास बैक, एड्भरटाईजिङ पार्टनरमा परिचय एड्भरटाईजिङ र ट्राभल पार्टनरमा जिरो प्वाइन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् ।
