अनेरास्ववियुको अध्यक्षमा नविना लामा निर्वाचित, पदाधिकारीमा तीनबाहेक सबै नविना समूहका, अखिलमा दोस्रोपटक महिला नेतृत्व

276
0
Share:

फाल्गुन ९, २०७२- एमाले निकट अनेरास्ववियुको अध्यक्षमा नविना लामा निर्वाचित भएकी छन् । अखिल इतिहासमा रामकुमारी झाँक्रीपछि नेतृत्व सम्हाल्ने नविना दोस्रो नेतृ भएकी छन् ।

आइतबार राति घोषित मतपरिणामअनुसार दीपक गौतमलाई २१६ मतले हराउँदै नविना अनेरास्ववियु अध्यक्षमा निर्वाचित भएकी हुन् । लामाले ८ सय ६५ मत ल्याएकी छिन् भने गौतमले मत ६ सय ४९ पाए ।

निर्वाचन आयोगले औपचारिक घोषणा भने गरेको छैन । नविना संस्थापन पक्षधर हुन् । पदाधिकारीमा पनि अधिकांश नविना समूहकै निर्वाचित भएका छन् ।

उपाध्यक्षमा महेश बर्तौला, रश्मि आचार्य, सुनिता बराल र शैलेश लामा विजयी भएका छन् । सबै लामा समूहका हुन् । महासचिवमा पनि नविना लामा समूहका ऐन महर विजयी भए ।

सचिवमा आरसी लामिछाने, समिक बडाल, मकरबहादुर खड्का, सुदेश पराजुली, अमृत बुढा, आरती लामा, ओसिम आलम निर्वाचित भएका छन् । तीमध्ये सुदेश, आरती र ओसिममात्रै दीपक समूहका हुन् ।

कोषाध्यक्षमा पनि नविना समूहकै झपिन्द्र खत्री निर्वाचित भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: