विराटनगरको क्यासिनोबाट चारजना नेपाली पक्राउ

304
0
Share:

फागुन २४ गते-
विराटनगरमा क्यासिनोमा जुवा खेलिरहेका ४ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
मिनी क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले गएराती उनीहरुलाई पक्राउ गरेको हो ।
रत्न होटलको मिनि क्यासिनोबाट मिनी क्यासिनोका मेनेजर शिवराज राई, सुपरभाइजर उमेश खड्गी, रबि कुमार गोदी,कटरीका रञ्जित पौडारलाई पक्राउ गरिएको प्रहरी निरीक्षक किशोर लम्सालले जानकारी दिए ।
कानुन अनुसार नेपालीले क्यासिनोमा जुवा खेल्न पाउँदैनन् ।

कमेन्ट गर्नुहोस्
Share: