BREAKING NEWS ! साजन आले बने छैठौँ ‘बिग आइकन’

Share:

रञ्जन अधिकारी पोखरा, २५ फागुन । चितवनका साजन आले छैटौं बिग आईकन बनेका छन् । करिब साढे दुई महिनाको अडिसन पश्चात फागुन २५ गते मंगलबार भएको विग आइकनको ग्राण्ड फिनालेमा प्रमुख अतिथि नेपाली चलचित्रकी सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरले विजेताहरुको नाम घोषणा गरेकी हुन् ।

ग्राण्ड फिनालेमा यो पटक चार जना भिडेका थिए । चितवनका साजन आले बिग आईकन बन्दा गोरखाकी अनु गुरुङ फस्ट रनरअप, बागलुङकी अम्बिका पुन सेकेण्ड रनरअप र पोखराकी सृष्टि गुरुङ थर्ड बिग आईकन बनिन् ।

विग आइकन साजनले १ लाख ७५ हजार रुपैयाँ बराबरको स्कुटर र बेलायतको साँगीतिक भ्रमणको अवसर पुरस्कार स्वरुप प्राप्त गरेका छन् । त्यस्तै दोस्रो हुने अनुले ७५ हजार र तेस्रो अम्बिकाले ५० हजार रुपैयाँ तथा चौथो हुने सृष्टिले २५ हजार प्राप्त गरेको एफएमले जनाएको छ । टप फोरबाट विजेताको घोषणा एसएमएस भोटिंगको आधारमा गरिएको हो । विग आइकनको यो सँस्करणमा कुल ४२ जिल्लाका ९ सय ३ जना प्रतिभाहरुले सहभागिता जनाएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: