
काठमाडौं, २६ फागुन-
आज खण्डग्रास सूर्यग्रहण लागेको छ । बिहान ५ बजेर ५७ मिनेट जाँदा सूर्यग्रहणको स्पर्श भए पनि नेपालमा ६ बजेर २२ मिनेटमा सूर्योदय भएकाले त्यसपछि मात्रै ग्रहण देखिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
ग्रहणको मध्यकाल बिहान ६ बजेर २७ मिनेटमा भई ७ बजेर २ मिनेटमा मोक्ष भएको थियो । ज्योतिष डा. सुनिल सिटौलाका अनुसार ग्रहण लाग्द चन्द्रमा पुर्वभाद्रपदा नक्षत्र कुम्भ राशीमा भ्रमण गर्नेछ ।
धार्मिकमान्यता अनुसार ग्रहणको समयमा मैथुन, भोजन गर्नु हुँदैन । त्यस्तै सुत्नु एवम गर्भवती महिला बाहिर निस्कनु हुँदैन ।
कमेन्ट गर्नुहोस्
