पोखरा २१ जेठ / अठाइस महिनाकी वालिका आशा अधिकारीलाई टाउकोमा पानी जम्ने हाइड्रोसेफालिस भन्ने रोग लागेपछि परिवारजनले छोरीको उपचार गर्न आर्थिक सहयोगको अपिल गरेका छन् ।
चैनपुर ७ चितवन स्थायी घर भई हाल पोखरा वस्दै आउनुभएका विरामी वालिकाको वुवा राम अधिकारीले छोरीको उपचारको लागि आफुले कमाएको पैसा खर्च भइसकेको भन्दै छोरीलाई वचाउनको लागि सहयोगको आग्रह गर्नुभएको हो ।
७ महिना अगाडि सामान्य सन्चो नभएर काठमाण्डौंको टिचिङ अस्पतालमा उपचार गर्ने क्रममा वालिकालाई हाइड्रोसेफालिस रोग लागेको खुल्न आएको थियो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार वालिकाको छिटो अप्ररेशन गर्नु पर्ने र अप्ररेशनको लागि करिव १५ लाख खर्च लाग्ने वुवा राम अधिकारीले वताउनु भयो ।
ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका वालिकाका वुवा राम अधिकारीले छोरीको उपचारमा भैतारिरहँदा मजदुरी गर्न समेत नपाएकोले परिवारको विचल्ली नै भएको बताउनु भयो ।घरको आर्थिक अवस्था नाजुक रहेको र अप्ररेशन खर्च धेरै महंगो भएकोले वालिकाका वुवा आमाले विरामी वालिकालाई वोकेर सहयोगको याचना गर्न शहर वजार घुमिरहनु भएको छ ।
वालिकाको उपचारको लागि सहयोग गर्न चाहने संघ संस्था वा व्यक्तिले नेपाल एसवीआई वैकको खाता नं २१५१५२४१४०२३६१ एनपीआर वा जुनसुकै शाखामा रकम जम्मासकिने वालिकाका वुवाले वताउनुभयो । साथै मोवाइल नं ९८०९१८७१०६ मा सम्र्पक गरी सहयोग गर्न सकिने समेत उहाले वताउनु भयो ।
