औद्योगिक व्यापार मेलामा राखिएको विग एफएमको स्टलमा श्रोताको चासो

Share:

नवराज ढुंगाना
पोखरा, १ चैत-
पोखरामा जारी औद्योगिक व्यापार मेलाको अन्तिम दिन आजपनि बिग एफएमको स्टलमा श्रोताहरुले श्रोता सर्वेक्षण फाराम भरिरहेका छन् ।
मेलामा राखिएको स्टलमा बिहानैदेखि श्रोताहरुले एफएमका न्यूज तथा कार्यक्रमका बारेमा फाराममार्फत् प्रतिक्रिया दिइरहेका छन् ।
यसपटकको व्यापार मेलास्थलमै सूचना प्रविधि मेला समेत आयोजना गरिएकाले पनि पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएमको स्टलप्रति युवापुस्ता तथा विद्यार्थीहरुले चासो दिएर अवलोकन गरेका छन् ।
एफएम र एफएमले संचालन गर्दै आएका न्यूज, कार्यक्रमसँगै प्रस्तोताहरुसँग प्रत्यक्ष कुराकानीको अवसर समेत पाएपछि स्रोताहरु उत्साहित बनेका छन् ।
श्रोता सर्वेक्षण फाराम भर्दै अधिकांश स्रोताले एफएमले युवापुस्ताको मन जितेको प्रतिक्रिया दिएका छन् । बिग एफएमले राम्रो समाचार, कार्यक्रम र ईभेन्टहरु गर्दै आएको कुराको प्रशंसा गर्दै उनीहरुले यसलाई निरन्तरता दिन एफएमलाई अनुरोध गरेका थिए ।
अहिलेसम्म ६ हजारभन्दा बढी श्रोताले श्रोता सर्वेक्षण फाराम भरिसकेका छन् भने आज पनि उनीहरुको स्टलमा राम्रो उपस्थिती रहेको छ ।
विग एफएमले मेलामा बर्षेनी स्टल राख्दै आएको छ । मेला चैत १ गतेसम्म चल्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: