
काठमाडौं, ४ चैत-
रसुवाको लाङटाङमा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ ।
राहत सामाग्री पुर्याएर फर्किने क्रममा रोटरमा समस्यामा आएपछि विमान दुर्घटनामा परेको हो । हेलिकोप्टर दुर्घटनामा परेपनि हेलिकोप्टरमा रहेका सबैजना सकुशल रहेका छन् । दुर्घटनामा परेको हेलिकोप्टरको उद्धारका लागि काठमाडौंबाट अर्को हेलिकोप्टर जाँदै गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
