कान्तिपुरले गर्ने भयो निशुल्क उपचार

Share:

पोखरा, चैत्र ६ ,माधब पनेरु ।
पोखराको न्युरोडमा रहेको कान्तिपुर डेन्टल हस्पीटले निशुल्क दाँतको उपचार गर्ने भएको छ । बिस्व मुख स्वास्थ्य दिबसको अबसर पारेर निशुल्क दन्त परिक्षण गरिरहेको उक्त अस्पतालले निशुल्क उपचार गर्ने अस्पतालका प्रबन्धक सिता श्रेष्ठले जानकारी दिईन ।
अस्पतालले आईबार भने कास्क िजिल्ला र आसपासमा कृयाशिल रहेका पत्रकारहरु लाई निशुल्क दन्त परिक्षण गर्ने भएको छ । दाँतको परिक्षणका लागि पत्रकार परिचय पत्र लिएर जाने सबै पत्रकारलाई निशुल्क हुने पबन्धक श्रेष्ठले बताईन । बिहान १० बजे देखि ५ बजेसम्म अस्पतालमा जुनसुकै समयमा पनि जान सकिने अस्पतालले बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: