एक पक्षिय रुपमा चलेमा सरकार धरापमा: एमाले नेता पाण्डे

430
0
Share:

सागर राज तिमिल्सिना पोखरा, २३ जेठ/ नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेपाली काग्रेसले एक पछिय भएर सरकार चलाउदै गएमा सरकारको थाइत्व बारेमा प्रश्न उठ्ने बताएका छन् । प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पाण्डेले सरकारले आर्थिक वर्षको अन्त्यमा बजेटको रकमान्तरण गरेर कागे्रसले एक पक्षिय सरकार चलाएको आरोप लगाए । उनले आर्थिक वर्षको अन्त्यमा रकमलाई रकमान्त्रण गर्दा त्यसको सदुप्रयोग भन्दा दुरुप्रयोग बढि हुने बताए ।

पुर्व अर्थमन्त्रि समेत रहेका पाण्डेले आफ्नो पालामा पनि रकमान्त्रण गरेको बताउदै त्यसलाई रोक्नु पर्ने बताए । उनले अर्थमन्त्रीले स्थानीय विकास मन्त्रालयले रकम रकमान्त्रण गरेको भन्न नमिले बताउदै अर्थमन्त्रीले रकमान्त्रण गर्ने नै स्थानीय विकास मन्त्रालयबाट भएको बताए । उनले आफ्नो पाला पनि स्थानीय विकास मन्त्रालयबाटै रकमान्त्रण गरेको बताए । उनले रकमान्त्रण काग्रेस, एमाले, माओवादी सबैका पालामा भएको बताउदै विचमा केहि समय रोकएको बताए । रकमान्त्रणले देशलाई फाइदा नहुने बताउदै रोक्नु पर्नेमा उनको जोड थियो ।

एक अर्को प्रशंगमा नेता पाण्डेले एमालेको नेत्तृव सके सम्म सर्व सहमतिमा हुने बताउदै आफुहरुले बहसको राजनीति गरेका बेला ओली पक्षले गुटगत राजनीति गरेको बताए ।

कमेन्ट गर्नुहोस्
Share: